असार २५, २०८२ बुधबार July 9, 2025

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

२०६२/६३ सालको जनआन्दोलनले फालेको राजसंस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता राईले २०६२/६३ सालको जनआन्दोलनले फालेको राजसंस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुने स्पष्ट पार्नुभयो । देशलाई विकास र समृद्धिको बाटोमा लैजान दुई ठूला दलबीच सहकार्य भएको उल्लेख गर्दै उहाँले सहकार्य आगामी निर्वाचनसम्म नै जारी रहने बताउनुभयो ।

आसन्न निर्वाचनमा एमाले एक्लै निर्वाचनमा सहभागी भएर पहिलो पार्टी बन्ने नेता राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रविरुद्ध हुँदै आएका सबै किसिमका भ्रम चिर्न एमालेले देशव्यापी सचेतना अभियान सञ्चालन गर्दैआएको छ ।

पार्टीले यही चैत ३० गते दमकमा प्रदेशस्तरको जनप्रदर्शन गर्ने निर्णय गरेको नेता राईले जानकारी दिनुभयो । सोही जनप्रदर्शनबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षा र प्रतिगामी तत्वका विरुद्ध खबरदारी गर्न सातै प्रदेशमा जनसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार