कार्तिक २५, २०८३ बुधबार November 11, 2026

खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत : मुख्यमन्त्री सतिशकुमार सिंह

मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा खेलकुदको विकासका लागि आफ्नो सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

‘प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेको मधेस प्रदेश प्रहरीको क्रिकेट टोलीलाई आज जनकपुरधाममा आयोजित समारोहमा सम्मानका साथ प्रशंसापत्र प्रदान गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी दिनुभयो । प्रदेशका खेलाडीले क्रिकेट तथा फुटबल खेलमा प्राप्त गरेको सफलताको उहाँले प्रशंसा गर्नुभयो ।

मधेस प्रदेश अहिले खेलकुदमा धेरै अगाडि बढेकाले आफ्नो सरकारले त्यसको विकास तथा प्रोत्साहनका लागि खेलडीलाई रोजगारी दिने तथा प्रदेशअन्तर्गतका खेलकुद रङ्गशालाको स्तरोन्नति गर्नतर्फ ध्यान दिएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित सो सम्मान समारोहमा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलाडीको बिमा गर्ने तथा मधेसमा हुने खेलकुद प्रतियोगितालाई संरक्षण गर्नतर्फ लागिपरेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरीले शान्तिसुरक्षाको सवालमा महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिँदै नेपाल प्रहरीले खेलकुदका साथै अनुशासन तथा सामाजिक कार्य गर्दैआएको बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार