असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशका कुन जिल्लामा कति संक्रमित (पुर्ण बिवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गण्डकी प्रदेशमा पछिल्लो थप ३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३्०९ जनाको नमुना परीक्षणमा ८ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंबाट ढिला गरि प्राप्त प्रतिबेदन अनुसार गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमितहरु पुष्टि भएका हुन् ।

नवलपरासी पूर्वका एक महिला र एक पुरुष, पर्वतका एक पुरुष, स्याङजाका एक महिला,तनहँका २ पुरुष, कास्कीका २ पुरुषलाई कोरोना संक्रमण देखिएको छ । यसैगरी गोरखाका ३ जना मध्य २ पुरुष र १ महिलामा संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले संक्रमित सबैजनालाई आइसोलेसन कक्षमा राखिएको जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ। जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया