काठमाडौं : नेपालमा सूचना प्रविधिको द्रुत विकासले सरकारी, निजी तथा गैरसरकारी क्षेत्रहरूलाई डिजिटल प्रणाली, सुरक्षित पहिचान, र प्रविधि-आधारित सेवा सुधार तर्फ अघि बढ्न प्रेरित गरिरहेको छ। यही आवश्यकता पूरा गर्न, कस्तुरी आईटी होम प्रा. लि. ले सफ्टवेयर विकास, प्रणाली एकीकरण, बायोमेट्रिक प्रविधि, डिजिटल सुरक्षा, तथा अनुसन्धान एवं नवीनता जस्ता सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टाराईका अनुसार, कस्तुरी आईटी होमले Manta MFS500 सिंगल फिंगर स्क्यानर, मल्टि-फिंगर स्क्यानर, तथा आइरिस पहिचान प्रणाली जस्ता नवीनतम बायोमेट्रिक प्रविधिहरू उपलब्ध गराएको छ। यी प्रविधिहरू सरकारी सेवा, वित्तीय संस्था, सुरक्षा निकाय, तथा अन्य डिजिटल पहिचान आवश्यक क्षेत्रहरूका लागि प्रभावकारी साबित भएका छन्।
भट्टाराईका अनुसार, डिजिटल पहिचान अब विलासिता होइन, आवश्यक्ता बनिसकेको छ। बायोमेट्रिक प्रविधि, ई-गभर्नेन्स समाधान, तथा स्मार्ट सिटी परियोजनाहरू मा कम्पनीले ठूलो योगदान दिँदै आएको छ।
कस्तुरी आईटी होमले सफ्टवेयर तथा वेबसाइट विकास, आईसीटी हार्डवेयर आपूर्ति, डिजिटल सुरक्षा प्रविधि, तथा अत्याधुनिक प्रणाली डिजाइन मा विशेष ध्यान दिइरहेको छ। कम्पनीको लक्ष्य नेपाललाई डिजिटल प्रशासनीकरणमा अघि बढाउँदै, सरकारी तथा निजी संस्थाहरूलाई प्रविधि-आधारित सुरक्षित र भरपर्दो समाधानहरू प्रदान गर्नु हो।
सूचना प्रविधिमा नयाँ अवसरहरूको खोजी गर्दै, कस्तुरी आईटी होमले डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया