श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यस्तो छ, कृषा चौलागाईको ‘पिताम्बर’ को ट्रेलर (भिडियो)

महिलामाथिको अन्याय र शोषणविरुद्ध  ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ चैत । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

रन टाक्षम ३ मिनेट १४ सेकेण्ड भएको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ । खासमा यो फिल्म बदलाको कथा हो । महिलामाथिको अन्याय र शोषणविरुद्ध  ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ ।

एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले  पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।

प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक देखिएको छ। सिंगो ट्रेलर प्रदीपको वरपर घुम्छ । दिब्या रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । एक्सन कोरियोग्राफी र भब्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो ।

यो मल्स्टिारर फिल्ममा आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ । विशाल चौलागाईंले निर्माण गरेको ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।न्यूजकारखाना

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया