असार २३, २०८२ सोमबार July 7, 2025

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन आह्वान

शिखर सम्मेलनमा स्टार्मरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लन्डन, चैत १९ गते । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए । शिखर सम्मेलनमा स्टार्मरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताउनुभयो ।

शिखर सम्मेलनमा भियतनाम र इराक जस्ता आप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कन जस्ता पारगमन देशहरूका प्रतिनिधिहरू सहभागी छन् । शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिपोलका प्रतिनिधिहरू पनि सहभागी छन् ।

यो शिखर सम्मेलन युरोपेली सङ्घ (इयु) ले अनियमित आप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समयमा भएको छ ।

बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्ने छन् । उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा आप्रवासीहरूको आकर्षण विरुद्ध लड्न विश्वव्यापी सहमति पुग्नेबारे पनि छलफल गर्नेछन् । रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार