असार २३, २०८२ सोमबार July 7, 2025

इटालीको परमाणु अनुसन्धान केन्द्रकाे आकासमा पुग्यो रूसी जासुसी ड्रोन

सम्भावित सैन्य वा औद्योगिक जासुसीका आरोपहरू धेरै गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोम, २० चैत ।युरोपमा अशान्तिको बीचमा एक रूसी जासूस ड्रोन इटालीमा भेटिएको छ।

सोड्रोन देखेपछि इटालियन सरकार कारबाही प्रकियामा गएको छ । उच्च सरकारी अधिकारीहरूले आतंकवाद र जासुसीलाई ध्यानमा राखेर सम्पूर्ण मामिलाको अनुसन्धान थालेका छन्। अनुसन्धानपछि थप कारबाही गरिने जनाइएको छ ।

इटालीका समाचार माध्यमका अनुसार इटालीको माग्गियोर तालको किनारमा रहेको इस्प्रा सहरमा रहेको युरोपेली संयुक्त अनुसन्धान केन्द्र (जेआरसी) मा व्यावसायिक ड्रोन उडेको देखिएको हो ।  ड्रोनको खिचिएको तस्बिरले यो रुसको भएको खुलासा गरेको जनाइएको छ।

यो ड्रोन उडेको इटालीको स्थान भने परमाणु अनुसन्धानसँग सम्बन्धित छ। यहाँ ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।यही कारणले आकाशमा ड्रोन देखेर इटालीका वरिष्ठ अधिकारीहरुको निद्रा हराउन पुगेको थियो ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोका अनुसार सम्भावित सैन्य वा औद्योगिक जासुसीका आरोपहरू धेरै गम्भीर छन्  । सो क्षेत्रका स्थानिय अधिकारीहरूले  पहिले रिपोर्ट गरेको ढाँचासँग मेल खाएको छ।

क्रोस्टो भन्छन्, ‘यहाँ एक हाइब्रिड युद्ध चलिरहेको छ, यो जति लुकेको छ त्यति नै खतरनाक, निरन्तर र निस्सासिने खालको छ। यसमा लक्षित साइबर आक्रमणहरूको मिश्रण समावेश छ। सैन्य र औद्योगिक टेक्नोलोजीहरू र प्याटेन्टहरूको चोरी, साथै अन्य धेरै शत्रुतापूर्ण कार्यहरू भइरहेका छन्।’

यद्दपी, इटालीका रक्षामन्त्रीले मुखै फोरेर ड्रोनका लागि रुसलाई जिम्मेवार भनिसकेका त छैनन् तर नेटोले भने पक्कै पनि यो कार्य रुसको नै भएको दावी गरेको छ ।

इटालीको जर्जिया मेलोनी सरकार अमेरिका, रुस र युरोपको बारेमा अझै पनि अन्योलमा रहेको छ । मेलोनीले अमेरिकाको प्रशंसा गरे पनि युरोपसँग बस्ने कुरा गरेकी छिन् ।

अर्कोतर्फ, मेलोनीले युक्रेनमा शान्ति सेना नपठाउने निर्णय गरेकी छिन् तर पनि उनी रुसको आक्रमणको विरुद्धमा बोलिरहेकी छिन्। त्यसैले उनी कुन लाइनमा छिन ? भन्ने अझै पनि प्रस्ट हुन सकेको अवस्था छैन् ।

इटाली हाल नाटोको सदस्य हो, जसले दोस्रो विश्वयुद्धमा अमेरिका र रुसविरुद्ध मोर्चा खोलेको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार