असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा एसको सुदूरपश्चिम अध्यक्षमा खड्का

सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २० चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मङ्गलबार खड्का अध्यक्ष पदमा चयन हुनुभएको हो । अध्यक्ष खड्काका अनुसार उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कँुवर, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन हुनुभएको छ । प्रदेश कमिटी एक सय ३१ सदस्यीय रहेको छ ।

अध्यक्ष खड्काले पार्टी सङ्गठन सुदृढ गर्ने कार्यसँगै सङ्गठन विस्तारको कार्यलाई तीव्रता दिइने बताउनुभयो । पार्टीको प्रदेश अधिवेशन यही चैत १७ गतेदेखि सुरु भएको थियो । अधिवेशनका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल रहनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया