असार २३, २०८२ सोमबार July 7, 2025

दक्षिण कोरियाली पूर्व कार्यबवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर

संवैधानिक अदालतले शुक्रबार युनलाई पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, २० चैत (रासस/सिन्ह्वा): दक्षिण कोरियाको संसद्ले संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेकोमा बुधबार पुर्व कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ ।

मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी र अन्य चार साना दलहरूले मार्च २१ मा अभियोग दायर गरेपछि चोइलाई महाभियोग लगाउने प्रस्ताव राष्ट्रिय सभाको पूर्ण सत्रमा पेश गरिएको थियो ।

गत डिसेम्बरमा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सुविरूको महाभियोगपछि पुनः हान प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किनु पहिले चोइले तीन महिना कार्यवाहक राष्ट्रपतिको कार्यभार समाल्नुभएको थियो ।

चोई विरुद्धको महाभियोग प्रस्तावमा राष्ट्रपति युनको असफलतामा चोइको कथित संलग्नता र संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्नु लगायतका विषय समावेश छन् ।

संवैधानिक अदालतले शुक्रबार युनलाई पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने योजना बनाएको छ ।

युनले गत वर्ष डिसेम्बर ३ मा आपतकालीन कानून घोषणा गरेता पनि केही घण्टापछि विपक्षी नेतृत्वको नेशनल एसेम्ब्ली (प्रतिनिधि सभा) ले घोषणालाई अवैध कदम भन्दै खारेज गरिदिएको थियो ।

युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा संसदमा पारित भएको थियो भने संवैधानिक अदालतले फेब्रुअरी २५ सम्म युनको महाभियोगमा ११ वटा सुनुवाइको आयोजना गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार