असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानी राष्ट्रपति जरदारी अचानक अस्वस्थ्य, गरियो अस्पताल भर्ना

राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखी अस्पतालमा कानुन बमोजिम सुरक्षाकर्मी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामबाद, २० चैत । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अचानक बिग्रिएको छ । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको छ ।

एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार ६९ वर्षीय जरदारीलाई ज्वरो र संक्रमण भए पछि कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाब शाह अस्पतालमा ल्याइएको हो ।

रिपोर्टमा भनिएको छ कि पाकिस्तानी राष्ट्रपतिको धेरै मेडिकल परिक्षण गरिएको छ र डाक्टरहरूले उनको स्वास्थ्यको नजिकबाट निगरानी गरिरहेका छन्।

पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरी राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेको र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएको छ। पाकिस्तानी समाचार आउटलेटहरूका अनुसार कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाबशाह अस्पताल वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ।

यसैबीच राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखी अस्पतालमा कानुन बमोजिम सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबाहेक अस्पताल परिसरमा अनाधिकृत व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।

उल्लेखनीय छ कि हालैका वर्षहरूमा पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले धेरै पटक स्वास्थ्य चिन्ताको सामना गर्नु परेको छ। पाकिस्तानको स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी राष्ट्रपति सोमबार अर्थात ३१ मार्च वाबशाहको जरदारी हाउसमा इद–उल–फित्रको नमाज पढ्न गएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार