मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईपीएल: आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल च्यालेन्जर बेङ्गलुरु (आरसिबी)ले गुजरात टाईटन्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एम. चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको हो । बेङ्गलुरुका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । ४० बलको सामना गरेका उनले एक चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै जितेश शर्माले २१ बलमा ३३ रन बनाउँदा विराट कोहली सात रनमा आउट भए । टिम डेभिडले १८ बलमा ३२ रन बनाउँदा कप्तान रजत पाटीदारले १२ रन मात्र बनाउन सके ।

गुजरातका लागि मोहम्मद सिराजले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । त्यस्तै साई किशोरले २ तथा प्रसिद कृष्ण, इशान्त शर्मा, अरशद खानले एक एक विकेट लिए ।

बेङ्गलुरुले आफ्नो पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो । बेङ्गलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार