कार्तिक २५, २०८३ बुधबार November 11, 2026

छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब दिन मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार अब करार स्वास्थ्यकर्मीको तलब समस्या समाधान हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर (धनुषा)। मधेश–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि नपाएको तलब सुविधा तुरुन्त भुक्तानी गर्न निर्देशन दिनुभएको भएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिँदै सङ्घ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेकाले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिनुभएको हो ।

साथै, उहाँले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब भुक्तानीमा ढिलाइ हुननदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन भन्नुभएको छ ।

मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार अब करार स्वास्थ्यकर्मीको तलब समस्या समाधान हुने निश्चित भएकाले कार्यरत कर्मचारीलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।

नेपाल चिकित्सक सङ्घ, मधेश–प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीलाई धन्यवाद व्यक्त गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार