मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध युथ फुटबल क्लबले जित्यो

उपविजेता गाईघाटले सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई शुक्रबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठामाण्डौ । १७ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले उचालेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा गाईघाट फुटबल क्लब उदयपुरलाई ट्राई ब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले उपाधि चुमेको हो ।

नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले खेलको ४० औँ मिनेटमा राज भुषालको गोल मार्फत गोलको खाता खोल्यो । यस्तै ४१ औँ मिनेटमा गाईघाट फुटबल क्लबका आकाश राई गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यस्तै खेलको ४४ औँ मिनेटमा नमोबद्धका क्षितिज भण्डारीले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए ।

यसैगरी खेलको ८३ औँ मिनेटमा गाईघाटका असीम राईले गोल गर्दै २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल सिधै ट्राई ब्रेकरमा धकेलिएको थियो ।

विजेता नमोबुद्धले विर्तामोड युनाइटेड क्लब झापालाई बिहीबार ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यस्तै उपविजेता गाईघाटले सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई शुक्रबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

उपाधि विजेता नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो । उपविजेता बनेको गाईघाट फुटबल क्लब उदयपुरले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच नमोबद्धका गोलकिपर रविन बस्नेत घोषित भए। उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।

यसैगरी भीमनारायण गोल्डकपको १७ औँ संस्करणको सर्वोत्कृष्ट खेलाडी नमोबद्धका राज भुषाल घोषित हुँदै नगद १७ हजार ५ सय ५५ रुपैयाँ हात पारे ।

खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई तत्कालीन सरकारले २०३५ सालमा गोली हानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार