काठमाडौँ । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिनुभयो । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाई छ ।
फर्पिङमा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन लोक चन्द्र थापाले गर्नुभएको थियो भने भिडियोको निर्देशक गौतम तण्डुकारले गर्नुभएको हो । गीत तथा भिडियोको बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ ।
यस म्युजिक भिडियोको निर्माताको रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।
गीतकार, गायक तथा अधिवक्ता श्रेष्ठ लामाे समयदेखि वकालत पेशासमेत गर्दै आइरहनुभएको छ ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया