असार २५, २०८२ बुधबार July 9, 2025

सरकारले शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्छ : नेता महर

नेपाल शिक्षक महासंघसँग भएका विगतका सम्झौताहरू पूरा गर्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका सम्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ।

शिक्षकहरूको काठमाडौंमा जारी आन्दोलनसँगै कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने बताएका छन्।

‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौंतालाई आधार पानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता, संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प हुने अवस्थालाई ख्याल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।

शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन्।

शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित हुँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार