बैसाख ५, २०८३ शनिबार April 18, 2026

बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना

सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २६ चैत ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

‘आइपिएलको न्युनतम ओभर रेट सम्बिन्धी आचरसंहिता अन्तर्गत यो सिजन रोयल च्यालेन्जर्स बेङ्लुरुको पहिलो गल्ती भएकाले टोलीका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनी यस सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान हुन्। यसअघि राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान पराग, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया