माघ ९, २०८२ शुक्रबार January 23, 2026

नेपाल र भारतबिच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सम्झौताले मिति २०४८ मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबिच हस्ताक्षर गरिएको समझदारी पत्रलाई प्रतिस्थापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ – नेपाल सरकार र भारत सरकारबिच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो सम्बन्धी सहमति पत्रमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले र भारत सरकारका तर्फबाट ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हस्ताक्षर गर्नुभयो।

उक्त सम्झौताले दुई देशबिच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले मिति २०४८ मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबिच हस्ताक्षर गरिएको समझदारी पत्रलाई प्रतिस्थापन गरेको छ ।

भारतीय ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री  शिवराज सिंह चौहान नेपालद्वारा काठमाडौँमा आयोजना गरिएको तेस्रो बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्री स्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको लागि नेपालको औपचारिक भ्रमणमा रहनुभएको छ ।

विगत एक दशकमा बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्त्वपूर्ण मञ्चको रूपमा उदय भएको छ । “कृषि र खाद्य सुरक्षा” बिम्स्टेक सहयोगको मुख्य क्षेत्रहरू मध्यको एक हो । क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रूपमा रहेको बिएएमएमको यो तेस्रो बैठक थियो । बिएएमएमको पहिलो बैठक मिति २०७६ असार २७ गते म्यानमारमा भएको थियो र त्यसपछिको दोस्रो बिएएमएमको बैठक मिति २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो । तेस्रो बिएएमएमको समयमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोग सहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूमा छलफल भएको थियो।

नेपाल भ्रमणको क्रममा आज भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग द्विपक्षीय बैठक पनि गर्नुभयो । उहाँले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई दिनुभयो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुभयो र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गर्नुभएको काठमाडौँस्थित भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

भारतका माननीय ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीको नेपाल भ्रमणले दुई देशहरूबिच हुने नियमित उच्च-स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र यसले विशेष गरी कृषि र सम्बन्धित क्षेत्रहरूमा हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढवा दिन मद्दत गरेको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
२०८२ माघ ९, शुक्रबार
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार