बैसाख ९, २०८२ मंगलबार April 22, 2025

डर्टमन्ड बिरूद्द बार्सिलोनको ४-० को जीत

बार्सिलोनाद्धारा दोस्रो हाफमा ३ गोल थपेर ४–० को बिशाल जीत हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ चैत । बोरुसिया डर्टमन्डविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले ४–० जीत निकालेको छ ।

बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र लामिन यमलले समान एक गोल थपेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थपेर ४–० को बिशाल जीत हासिल गरेको हो ।

सो खेलको २५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै अग्रता लिएको थियो भने दोस्रो हाफको ४८ र ६६ औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले तथा ७७औँ मिनेटमा यमलले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखेका हुन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया