मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

कुवेत माथी ६ विकेटले नेपालकाे जीत, लगातार दाेस्राे जीतले नेपाल उत्साही

दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक बनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ चैत ।  नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउन सफल भएको हो ।

कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । जसका लागि कुशल भुर्तेलले ५० बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरेका थिए भने आसिफ शेखले ३८ बलमा ४ छक्का र दुई चौकसहित ५३ र दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाएर नेपालको जीतलाइ सहज बनाएका हुन् ।

पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए भने  कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक एक विकेट लिन सफल भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।

दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको  । पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार