बैसाख ९, २०८२ मंगलबार April 22, 2025

जनताले महशुस गर्नेगरी काम गरौंः उपप्रधानमन्त्री सिंह

खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताएका हुन्।

उनले भने,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै अब चाँही हामीले काम गरेर देखाउने समय चाँही आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं। त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ।’

त्यस्तै, उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए।

‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन्। नदीहरुको करिडोर बनाउने जुन काम छ। त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया