भाद्र १०, २०८३ बुधबार August 26, 2026

लुम्बिनी कप महिला फुटबलमा आठ टोलीले प्रतिस्पर्धा गर्ने

प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २८ चैत । लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालगन्ज रंगशालामा आगामी ५ देखि १२ वैशाखमा लुम्बिनी कप हुनेछ । सात दिनसम्म चल्ने प्रतियोगितामा नेपालका तीन विभागीय र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने बुधबार आयोजकले जनाएको छ ।

घरेलु टोली बाँके–११, नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली एफसी, सुदूरपश्चिम, सिलगुडी र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी निर्देशक जयनारायण शाहले बताए ।

प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । ‘लुम्बिनी कपपछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मतमा पनि सहयोग जुट्नेछ,’ शाहले भने ।

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै बृहत् हुने आयोजकले जनाएको छ । ‘प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ,’ शाहले भने । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कपले सहयोग गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
२०८३ भाद्र १०, बुधबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन
२०८३ भाद्र १०, बुधबार
सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति
२०८३ भाद्र १०, बुधबार