मंग्सिर १, २०८२ सोमबार November 17, 2025

‘बागमती प्रदेशमा नर्सरी र पुष्प व्यवसायको राम्रो सम्भावना छ’

अब आउने बजेटमा एक वडा एक व्यवसाय प्रवर्द्धन कार्यक्रम विशेष प्राथमिकताकासाथ अघि बढाउने योजना रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ चैत । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशमा नर्सरी र पुष्प व्यवसायको राम्रो सम्भावना रहेको बताएका छन् ।

उनले बागमती प्रदेशमा कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि ऐन, नियमावली र मापदण्ड बनाएर आधुनिकीकरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए ।

काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर प्रदर्शनी २०८१ लाई सम्बोधन गर्दे उनले भने, “आव २०८२/८३ को बजेटमा हामीले पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ । बागमती प्रदेशको नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा पुष्प र नर्सरी व्यवसाय र जडीबुटीको सम्भावनालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउने, पकेट क्षेत्र घोषणा गर्ने र स्मार्ट पुष्प परियोजना सञ्चालन गर्न कार्यक्रम अघि बढाएका छौँ ।”

मन्त्री श्रेष्ठले अब आउने बजेटमा एक वडा एक व्यवसाय प्रवर्द्धन कार्यक्रम विशेष प्राथमिकताकासाथ अघि बढाउने योजना रहेको बताए । यसका लागि ८० वटा छनोट भइसकेको र आगामी आवमा १५० वडा छनोटको तयारी भइरहेको उनले बताए ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको पुष्प मेलामा पुष्प, फलफूल कृषिवन तथा जडीबुटी नर्सरीको व्यावसायिक उत्पादन प्रदर्शनीका लागि राखिएका छन् । मेला यही चैत ३१ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले ७०० भन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको जानकारी दिए ।

प्रदर्शनीमा अग्र्यानिक एवं रासायनिक विषादी, मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिको समेत स्टल छ । गौतमका अनुसार प्रदर्शनीमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले आउने र एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
२०८२ मंग्सिर १, सोमबार