बैसाख ९, २०८२ मंगलबार April 22, 2025

नेपाल बार एशोसियसनको अध्यक्षमा प्राडा. मिश्रको प्यानल नै निर्वाचित

महासचिवमा केदारप्रसाद कोइराला कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।

प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो।

अन्तिम मतपरिणामअनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाएका छन्। निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए।

मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे। उनले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्‍याउने जिकिर गरे।

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएकी छन्। महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा देशभर गरी कूल ९ हजार ९९७ मतदाता रहेकोमा ७ हजार ९९५ जनाले मतदान गरेका थिए।

May be an image of text

May be an image of ‎ticket stub and ‎text that says '‎नेपाल बार एशोसिएशन निर्वाचन २०5१ नेबाए काठमाडी बरिष्ठ अधिवक्ता रामकष्ण निराला प्रमुख निर्वाचन अधिकूत महासचिव कोधाधयक्ष अधिवत्ता ताराबहादुर सिटौला निर्वाचन अधिक्त विष्णु्रसाद सापकोटा, २२० טנטץ काठमाडी २४२२ वरिष्छ अधििवत्ता तेज नाथ धमला निर्वाचन अधिकत YO도 दिजबी दैवशारण जनजाती बादिख्बाद अधवक्ता सेवन्त राज निरीला निर्वाचन अधिकूत ۹٩۹ ၀၁၃ विजवी オイエ अधवक्ता २०१२ शिन्मकार, عللا विजयी काठमाडी उपल्यका वाहरवाट २२३७ अधिवक्ता चन्द्रबहादुर शाही निर्वाचन अधिकृत ဠပ ঋર*૧ मिताल, ንፃሄ विनमा सदस्प ሃ፫ህር सुलाचना बजाचाय, १তা९ मन्दिरा अधिकारी, א. ಶ೦೯ कवाठमाडटी उपत्बका बहिदबाट 및xo ۳۲۲۹ कृष्णा प्रसार विनभी रामशाहपथ, काठमाडी फोन 098200530 electionnba@gmail.com ೀజ चुलजावाद หยษลู yosf YEUK मुफुन अधिकारी, YOYX विलबी‎'‎‎

May be an image of ticket stub and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया