मंग्सिर १, २०८२ सोमबार November 17, 2025

सरकार रोजगारदाता र रोजगार चाहनेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छः मन्त्री भण्डारी

रोजगारदाता र रोजगार चाहनेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपालमा रोजगारी प्रवद्र्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्विस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा आज यहाँ उहाँले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताउनुभयो ।

मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहनेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताउनुभयो । “अब हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न रोजगारदातासँग जोडिने माध्यम बनाउँछौँ, यी सबै कुराको सहजीकरण गर्ने कार्य सरकारले गर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले युवा र महिलालाई उद्यमशीलता र रोजगारीसँग जोड्न स्विस कन्ट्याक्टले महत्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवा र महिलालाई रोजगार र उद्यमशीलतासँग कसरी जोड्न संस्थाले सहयोग गरेको छ ।  उद्यमशीलता अभिवृद्धिका लागि हामीले दिएका तालिमको सफलताका लागि पनि आवश्यक सहजीकरण गरिदिएर सरकारलाई झक्झक्याउने काम भएको छ ।  कोशी प्रदेशमा २३ प्रतिशत युवा अझै बेरोजगार छन्, उनीहरूलाई रोजगार बनाउन हामीले अझै प्रयास गर्नुपर्ने छ । यसमा पनि यहाँहरूको सहयोग रहने छ ।”

महानगरप्रमुख कोइरालाले श्रम संसार पोर्टललाई सरकारका निकायसँग जोडेर लैजानुपर्नेमा समेत जोड दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोशी प्रदेशमा विभिन्न पालिकामा लागू भएको यो परियोजनाले महत्वपूर्ण प्रभाव पारेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश सरकारले नागरिकलाई सामाजिक चेतना र आत्मनिर्भर बनाउन परियोजना सहयोग पुगेको बताउनुभयो ।

दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले रोजगार र उद्यमशीलतासँग जोड्न परियोजनाको परिणाम र सिकाइले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो । उहाँले उद्यमशीलतासँग जोडिएका हरेक कार्यक्रमसँग युवालाई जोड्न सघाउ पुगेको धारणा राख्नुभयो ।

स्विस कन्ट्याक्टका देशीय निर्देशक सञ्जयध्वज कार्कीले सन् २०२१ फेब्रुअरीदेखि मार्च २०२५ सम्म नेपालमा सञ्चालित ‘स्टेप–अप परियोजना’ को कार्यान्वयनमा हापेल फाउण्डेसन र स्विस विकास सहयोग (एसडिसी) बाट वित्तीय तथा प्राविधिक सहायता प्राप्त भएको जानकारी गराउनुभयो । उहाँले कोशी प्रदेशका तीनवटा स्थानीय तहबाट सुरु भएको परियोजनाले चार वर्षको अवधिमा गृहिणीलाई उद्यमशीलता तालिम, रोजगारका विषयमा सहजीकरण गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
२०८२ मंग्सिर १, सोमबार