कार्तिक २९, २०८३ आइतबार November 15, 2026

विसु पर्व मनाउन धमाधम घर फर्कँदै नेपाली

भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न सहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका यतिबेला घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल चेक पोष्टले जनाएको छ ।

चेक पोष्टका अनुसार भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न सहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको बताइएको छ ।

अन्य विदेशी मुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरै जसो नेपाली रोजगारीका लागि भारत जाने गर्दछन् । लामो समयदेखि भारतको दिल्लीस्थित होटलमा काम गर्दै आउनुभएका जयपृथ्वी नगरपालिका–५ का गङ्गादत्त जोशीले विसु पर्व मनाउनकै लागि घर फर्केको बताउनुभयो ।

“विसु पर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरुबीच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गर्ने गरिन्छ”, जोशीले भन्नुभयो, “जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको आभास रमाइलो मै बित्छ ।”

भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका डडेल्धुराका धनबहादुर कुँवरले पारिवारिक भेटघाट तथा विसु मनाउन घर फर्केको बताउनुभयो ।

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्लोरलगायत ठूला सहरमा जाने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार