श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक, बैशाख ५ देखि नियमित प्रसारण हुने

बैशाख ५ गत्ते,शुक्रबार साँझ ६:१५ बजे बाट मुकेश हमाल अफिसियल युटुयुव च्यानलमार्फत प्रसारण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं : गासबाँस कपासको लागि रुमलिएका निम्न वर्गीय परिवारकोे कथा समेटीएको टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक भएको छ ।

मालिका मिडिया एण्ड रिसर्च प्रा।लि द्धारा उत्पादन भएको यस टेलिश्रृखलामा बिशेषगरी गाउँदेखि सहर छिरेका आम मानिसको कथा समेटीएको छ । यस टेलिश्रृखलालाई लेखन तथा निर्देशक मुकेश हमाल र अमृत काउचा दईजना मिलेर गरिरहेका छन् ।

गाउबाट सहर मानिसहरु विभिन्न अवसरको खोजिमा आउने गर्दछन तर भनेजस्तो काम पनि पाउदैन र काम पाईहाले पनि समयमा तलव नपाउने अझ यस श्रृखलामा मजदुरहरुकाको कथालाई प्राथामिकतामा राखिएको हुदा कहिलेकाही धेरै रहरहरुले गर्दा कहर पनि निम्त्याउछ भन्ने संदेश दिन खोजिएको छ ।

यस टेलिश्रृखलाका लेखक तथा निर्देशक मुकेस हमाल पछील्लो समय चर्चित टेलिसिरियल सकस,उल्टो सुल्टो,मेरीबासैमा अभिनय गर्दै आएका छन ।सिन्धुली घरभई काठमाडौंमा बसेर संघ्रस गर्दै सर्वनाम नाटक घरमा वि।सं।२०७४ मा नाट्य अभिनय सिकेका हमालको अभिनय पछील्लोसमय धेरैैले रुचाउदै आका छन् ।

त्यसैगरी यस टेलिश्रृखलाका अर्का लेखक तथा निर्देशक अमृत काउचा पनि सर्वनाम नाटक घरमै वि।सं।२०७३ मा नाट् अभिनय सिकेर नै यस क्षेत्रमा लागेको बताउछन् । रुपन्देहीको कञ्चन गाउँपालिका घर भई उनी पनि पछील्लो समय फिल्ममा समेत अभिनय गरिरहेका छन भने आफैले पनि दर्जन भन्दा बढी लघुचलचित्र बनाईसकेकाछन् ।

करिब ३० मिनेटको यस टेलिश्रृखलामा कलाकारहरु मुकेश हमाल,भुमिका थारु,अमृत काउचा,बिकाश घलान,धिरज थापा मगर,सुदिश थापा मगर,नरेन भट्टराई,दिपक फुयाल र दीक्षा ठकुरी रहेकाछन् ।

मालिका मिडिया एण्ड रिसर्च प्रा.लि द्धारा उत्पादन भएको यो टेलिश्रृखला बैशाख ५ गत्ते,शुक्रबार साँझ ६:१५ बजे बाट मुकेश हमाल अफिसियल युटुयुव च्यानलमार्फत प्रसारण हुने भएको छ ।

हेर्नुहोस प्रोमोः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया