असार २२, २०८२ आइतबार July 6, 2025

सञ्चारमन्त्रीद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन

घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजको यात्रासम्म आइपुगेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुन्दरबजार (लमजुङ), १ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो कार्यक्रमले घलेगाउँको २५ वर्षे पर्यटन यात्रालाई स्मरण गर्दै गाउँ पर्यटनको महत्त्व र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ ।

सो अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजको यात्रासम्म आइपुगेको बताउनुभयो । उहाँले परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता भएको उल्लेख गर्नुभयो ।

घलेगाउँलाई विश्वले चिनेको ठाउँको रूपमा प्रस्तुत गर्दै यसको उदाहरण देशभर फैलाउन सकिने उहाँको विश्वास छ । मन्त्री गुरुङले भन्नुभयो, “घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो । यहाँबाट सुरू भएको होमस्टे अभ्यास अहिले देशका विभिन्न जिल्लाहरूमा फैलिएको छ । लमजुङ जिल्ला आज ७७ वटै जिल्लामा गाउँ पर्यटन फैलाउने नेतृत्त्दायी जिल्लाका रूपमा चिनिएको छ ।”

गण्डकी अञ्चलमा मात्रै ३०६ वटा होमस्टे दर्ता भएको उल्लेख गर्दै मन्त्री गुरुङले तीमध्ये धेरैजसो सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले ग्रामीण पर्यटनलाई मजबुत बनाउने हो भने नेपाललाई पर्यटनको केन्द्रविन्दु बनाउने सम्भावना रहेको बताउनुभयो ।

नेपालको हरेक गाउँलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको यो सुन्दर मिश्रणले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ ।”

यस अवसरमा स्थानीय बासिन्दाहरू, होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको आगामी दिनहरूमा विविध सांस्कृतिक कार्यक्रम, पर्यटन छलफल, स्थानीय उत्पादनको प्रदर्शनी र अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन हुने तयारी रहेको आयोजकले जानकारी दिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार