माघ ९, २०८२ शुक्रबार January 23, 2026

सुदूरपश्चिममा आज बिसु पर्व मनाईंदै

एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, १ वैशाखः देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाईंदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ ।

देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिएको हेमराज पाण्डेयले बताउनुभयो ।

“बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ”, उहाँले भन्नुभयो, “देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने विस्तारै हराउँदै गएको छ ।”

उहाँका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।

यस अवसरमा बूढापाका गङ्गास्नानका लागि भारतको हरिद्वारलगायतका प्रसिद्ध धार्मिक क्षेत्रमा स्नानका लागि जाने चलन पनि पुरानै रहेको पाण्डेयले बताउनुभयो । भारतलगायत अन्य क्षेत्रमा काम विशेष र रोजगारीका लागि गएका घर फर्कने भएकाले परिवारमा रौनकता छाउने गर्दछ ।

अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरुले पुतला खेल (नाच) देखाउने गर्दछन् । बिसुमा पुतला नाच देखाउने कार्य पुस्तौँदेखि चल्दै आएको अमरबहादुर साउदले बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको पुतला नाच भने विस्तारै लोप हुँदै जान थालेकाले यसलाई जोगाउनका लागि युवापिँढीलाई अग्रसर गराउनुपर्ने उहाँको भनाइ रहेको छ । यसै पर्वका अवसरमा शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ ।

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ । बसाई सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार