बैसाख ७, २०८२ आइतबार April 20, 2025

साँखुमा बज्रयोगिनी माई जात्राको रौनक

नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ वैशाख : नेपाल शिरोमणिसमेत भनिने बज्रयोगिनी माईको जात्रा साँखुमा सुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । औपचारिक जात्रा भने चैत्र शुक्ल पूर्णिमादेखि नै सुरु हुन्छ ।

नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ । यो जात्रा चलेका बेला पानी पर्दासमेत साँखुमा छाता ओढ्न नपाइने नियम छ । यसैगरी घोडा हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ ।

साथै झै–झगडा गर्न नपाइने, साहुले ऋणीलाई समात्न नपाइने, यी र यस्ता नियमहरु उर्दी लाउने परम्परा छ । पूर्णिमाका दिन चैत ३० गते बज्रयोगिनी माता, सिंहिणी, व्याघ्रिनीलगायत देवीदेवता रथमा सवार गराइ बज्रयोगिनीबाट साँखु बजार ल्याइएको छ । यो जात्रा साँखुका आठ वटै टोलमा प्रत्येक वर्ष पालैपालो राख्ने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

यो जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिइन्छ । यहाँको रथ ठूला ठूला हुने र देवी देवता पनि खुला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवीदेवताको मूर्ति भव्य देखिने गर्छ ।

पूर्णिमादेखि सुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ । द्वितीयाको दिनलाई नखः र तृतीयाको दिन साँखु बजारमा बज्रयोगिनी माईलाई सिंहिणी, व्याघ्रिनीलगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराइन्छ ।

चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिनलाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउन विशेष होम गरी साँखुमा पूजा आजा सकिएपछि मात्रै देवी देवताहरु रथमा सवार गराउने परम्परा रहेको यहाँको संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ सक्वले राससलाई जानकारी दिुनुभयो ।

राति रथमा राखिने भएकाले एक आधा घण्टा जात्रा गरी सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पु¥याई जात्रा समापन गरिन्छ । यस क्रममा साँखुको कोलागाल कटेपछि घुमारचोकका स्थानीय तामाङ समुदायले माईलाई माईती फर्काउने भन्दै जात्रामा सहभागी हुनुका साथै उनीहरुले सो दिन विशेष पूजा आजाका साथ भोज भतेर गर्दछन् । यो जात्रामा नेवार र तामाङ समुदायको मिलन हुने गर्छ ।

नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनी बज्रयोगिनी माईलगायत सम्पूर्ण देवीदेवताको पूजा आजा गरी वनभोज खान जाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाःपूजा भन्दछन् । यसको अर्थ देवी देवताको हालखबर बुझ्न जानु हो भन्ने बुझिन्छ ।

बज्रयोगिनी जात्राका लागि मल्लकालमा राजा आफँै आउने व्यवस्था थियो । अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धमा रहँदा उनले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि हालसम्म राज खड्ग ल्याउने परम्परा कायमै रहेको विश्वास गरिन्छ ।

बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्र नभई उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार