असार २३, २०८२ सोमबार July 7, 2025

जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने

बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, १ वैशाख: कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनकि पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ।

जनप्रतिनिधिले आफ्नो एवं आफ्नो एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा सुविधा कटौती गरिनाका साथै नगरपालिकाका अन्य प्रक्रियामा सहभागी नगराइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर विष्टले जानकारी दिए। विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो वा एकाघरका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गरिने उनले बताए।

‘विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समितिका पदाधिकारी एवं सदस्यले आआफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ’, अधिकृत विष्टले भने, ‘त्यसो नगरेको पाइए सेवा सुविधा कटौती गरिनुका साथै जिम्मेवारीबाट हटाइनेसम्मका कारबाही हुनसक्छ।’

केही दिनअघि नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि सेवा सुविधा रोक्ने, कटौती गर्ने जानकारीसहितको पत्र विद्यालयसहित सम्बन्धित व्यक्तिलाई पठाइएको नगरप्रमुख हेमराज ओझाले बताए। नगरप्रमुख र नगरपालिका क्षेत्रमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलबाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी कार्यपालिकाको निर्णय र थप व्याख्यात्मक टिप्पणीमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूहलगायतले एकबद्धता व्यक्त गरेका छन्।

विद्यार्थी संगठनले नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दल, समाजसेवी, पत्रकारलगायत व्यक्तिलाई आआफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनका लागि आग्रह गरेका छन्। सार्वजनिक शिक्षा सुधारको यो अभियानमा सहयोग गर्न विद्यार्थी संगठनले पनि अपिल गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार