बैसाख ७, २०८२ आइतबार April 20, 2025

बाराही देवीको तिप्वा जात्रा सम्पन्न

प्यागोडाशैलीमा निर्मित बाराहीको खटलाई सिँगार पटार गरी तयार गरी बाराहीलाई विराजमान गराइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भादगाउँ, १ वैशाखः नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्राअन्तर्गत भक्तपुर बाराही देवीको तिप्वा जात्रा आज सम्पन्न भएको छ ।
बिस्का जात्राको चौथो दिनअर्थात् चैतको मसान्तको साँझ भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसिद्यःउठाएपछि अष्टमात्रिकाका शक्तिशाली देवी बाराहीको तिंप्वा जात्रा गर्ने परम्परा छ । चैत मसान्तको दिनमा यसिंद्यः नउठेपछि आज दिउँसो उठाइसकेपछि जात्रा गरी सम्पन्न गरेको हो ।
भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी तिंप्वा जात्रा गरिन्छ । प्यागोडाशैलीमा निर्मित बाराहीको खटलाई सिँगार पटार गरी तयार गरी बाराहीलाई विराजमान गराइन्छ ।
जात्रामा सातसय टोलका स–साना बालबालिकादेखि वृद्धवृद्धा चिलाख बालेरजात्रामा सहभागी हुने गर्दछ । जात्रामा हजारौँ भक्तालु धुप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्दछन् । बाराही पीठ नजिक रहेको हनुमन्ते खोला तर्दा खोलाको पानी छ्यापी बाराहीलाई पीठ पु¥याइन्छ ।
पीठमा पुगेपछि आचाजुहरुद्वारा बाराहीको तान्त्रिक पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि स्थानीय सातसय टोलको बलि पूजा थापेर आज यसिंद्य ढालिसके पछि बाराहीलाई पुज्ने सातसय टोलमा परिक्रमा गरी पूजा गरिन्छ । पूजामा बाराहीलाई प्रसादको रुपमा चतामरी छरिदिने परम्परा छ । सबै टोलको परिक्रमा पछि देवगृहमा लगिन्छ ।
त्यसैगरी यसिंद्यः उठाइसकेपछि मनाइने अष्टमात्रिका अर्को शक्तिशाली देवी इन्द्रायणीको त्वारिवा जात्रा पनि आज दिउँसो सम्पन्न गरेको छ । इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने परम्परा छ । जात्रा गर्दा  इन्द्रायणी देवीको  इलाकाका बासिन्दाले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देवबत्ती बालेर  जात्रामा सहभागी हुने गर्दछ । स्थानीय दाफा, भजनखलको भजन र बाजाहरुको गुञ्जायमान जात्रालाई थप रौनक बनाउँदछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार