बैसाख ७, २०८२ आइतबार April 20, 2025

नेपाल सुपर लिग : धनगढी एफसीद्वारा झापा पराजित, ललितपुरसँग पहिलो क्वालिफायर खेल्ने

अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले क्वालिफायरमा स्थान बनाएको छ। झापालाई १-० ले पराजित गर्दै धनगढीले पहिलो क्वालिफायर ललितपुरसँग खेल्ने पक्का भएको हो।

दुई पटक फाइनल पुगेको धनगढीले आफ्नो रवाफिलो प्रदर्शन कायम राख्दै तेस्रो पटक पनि फाइनलको सम्भावना कायम राख्न सफल भयो। ५ खेलमा‌ धनगढी र ललितपुरको समान ११ अंक भएको छ। बाँकी खेलको नतिजाले अब शीर्ष दुईमा अन्य टिमको सम्भावना नरहेपछि अब धनगढी र ललितपुरमध्ये एक टिम फाइनल खेल्ने पक्का भएको छ।

धनगढीको जितमा अहमद हिजाजीले गरेको एक मात्र गोल निर्णायक बन्यो। झापाले भने गोल गर्ने मौका पाए पनि गोल गर्न असफल भएको थियो। यो हारले झापाको प्लेअफको यात्रा गणितीय बनेको छ। झापाले खेलमा एकपछि अर्का राम्रा अवसर गुमाउँदा आफ्नो निरन्तर बराबरीको यात्रालाई अब हारमा पुर्‍याउन बाध्य भयो।

खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही राम्रा अवसर खेर फाल्दा अग्रता लिनबाट चुकेका थिए। लगातार अवसरबीच पहिलो र दोस्रो हाफमा पनि झापा गोल गर्न चुक्दा खेलको ६० औँ मिनेटमा धनगढीले अग्रता बनाएको हो।

सर्जियो बारबोजाको क्रसमा हिजाजीले क्लोज रेन्जबाट गोल गर्दै टिमलाई अग्रता दिलाए। हिजाजीको यो जारी सिजनमा छैटौँ गोल हो। सर्वाधिक गोलकर्ताको सूचीमा उनी शीर्षस्थानमा रहेको छन्। १(० ले पछि परेको झापाले त्यसपछि पनि खेलमा फर्कने मौका खेर फाल्यो।

खेल सकिन २ मिनेट बाकी छँदा झापाले बराबरी सुन्दर मौका गुमाउन पुग्यो। सबस्टिच्युट खेलाडी प्रविण खुलालले गोलकिपर वालिद विरोलाई चिप गर्दै गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा समर्थक चुकचुकाएका थिए।

अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुई बराबरीसँगै ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो।

अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्दै छ। भोलि बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार