बैसाख ७, २०८२ आइतबार April 20, 2025

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजविराज (सप्तरी), २ वैशाखः मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिनुभयो ।
उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उहाँले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताउनुभयो । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिनुभयो । उहाँका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु नौ लाख एक हजार र उपविजेतालाई रु चार लाखसहित शिल्ड प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार