बैसाख ७, २०८२ आइतबार April 20, 2025

कोशीमा आज सार्वजनिक बिदा

वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इटहरी । कोशी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अतिरिक्त बिदाका रुपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो।

खासगरी तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ। वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ। कसै कसैले भने चैत्रको परिकार वैशाख (एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन्।

विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफूभदा सानालाई चैत्रमै राखिएको पानी वैशाखको १ गते राखेर आशीर्वाद दिने र सानाले ठूलाको गोडामा राखेर आशीर्वाद लिने गर्दछन्।

मुख्यरुपमा पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रुपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रंग खेल्ने परम्परा पनि रही आएको छ।

सिरुवाका अवसरमा शुभकामना सन्देश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार