बैसाख ७, २०८२ आइतबार April 20, 2025

संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः मन्त्री शाही

संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०२ वैशाख । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले आज यहाँ आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उहाँले संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।”

कार्यक्रममा वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले विभागले संरक्षणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले स्थानीय समुदायमा संरक्षणप्रति अपनत्वका साथ बुझाइमा एकरुपता ल्याउनुपर्ने सुझाउनुभयो ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै प्राप्त उपलब्धिलाई जोगाउन चुनौतीको सामना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सप्ताह कार्यक्रमले संरक्षणका लागि जनचेतना फैलाउन ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, वन प्राविधिक सङ्घका अध्यक्ष डा राकेश कर्ण, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा चिरिञ्जीवीप्रसाद पोखरेल, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्ण, जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका डा दिनेश न्यौपानेलगायतले मानव–वन्यजन्तु द्वन्द्व संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्दै समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार