असार ५, २०८३ शुक्रबार June 19, 2026

पार्टीभित्र अब विवाद छैन, पाँच/सात दिनभित्रै आयोगमा दर्ता गर्छौं : डा. प्रकाशचन्द्र लोहनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईको पार्टी एकीकरण भएको धेरै दिन भयो तर तपाईहरु अझै पनि मिल्न सक्नुभएन ? विवाद कहाँ छ ?

विवाद छैन अब । हामीहरुको सबै कुराहरु मिलि नै सकेको छ । अब ५÷७ दिनभित्रमा हामी दर्ता पनि गर्न जान्छौँ । अहिले दर्ता नभएको एउटा कारण के थियो भने कोरोनाले गर्दाखेरि झन्डै ३ महिना अफिस पनि बन्द भएका थिए । अब खुलेको पनि छ । अब हाम्रो पार्टी एक हुने प्रक्रियामा छ ।

होइन अझै एक भएको छैन ? तपाईहरु के कारणले मिल्न सक्नुभएन ?

पार्टीको एकता गर्ने सम्झौता निर्वाचन आयोगमा दिई नै सकिएको छ । त्यसै अनुसारको विधानहरु पेश गर्ने भनेको छ । विधानहरु पेश गर्ने सबै प्रावधानहरु भईसकेका छन् ।

चुनाव चिह्नलाई लिएर कुरा मिलेन भनेर धेरैले भनेका छन् ? कमल थापाले गाई चुनाव चिह्न लिएर जानुपर्छ भनेर भन्नुभएको छ । तपाईहरुले हलो अनि कुरा कहाँ अड्कियो ? चुनाव चिह्न गाई कि हलो ?

चुनाव चिह्न हलो नै हुन्छ ।

कमल थापाले मान्नुभएको छैन । उहाँले अस्वीकार गरिरहनु भएको छ भन्ने कुरा आएको छ नि ?

हामी हलो नै भएर जान्छौँ । मूल कुरा के हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएर राष्ट्रमा शक्तिशाली दलको रूपमा अब आउन आवश्यक छ । यो राष्ट्रिय आवश्यकता हो । यसलाई यथार्थतामा परिणत गर्नको लागि हामीह्रु कटिबद्ध भएर लागेका छौँ । त्यसमा हाम्रो एक मन, दृष्टिकोण, भावना छ ।

नियुक्ति र नेतृत्वमा नै विवाद छ अरे, अनि वैचारिक रुपमा पनि विवाद कायमै छ अरे नि ?

हाम्रो ४ वटा एजेण्डा हो । एउटा नेपालको पहिचान, हिन्दू राष्ट्रको पहिचान, दोस्रो नेपालमा आलंकारीक रूपमा भए पनि एउटा निष्पक्ष संस्था नभई नहुने रहेछ । नेपालमा संविधानभित्रको संवैधानिक राजसंस्था हुनुपर्छ भन्ने कुरामा हाम्रो दृष्टिकोण एकदमै प्रस्ट छ । तेस्रो अहिले नेपाललाई भ्रष्ट्राचार विगत केही वर्षदेखि बढेर गएको छ, यसको विरुद्धमा संघर्ष गर्ने शक्तिको आवश्यकता छ र यसले नेपाली जनतालाई जुन शोषण गरिरहेको छ, त्यो समाप्त गर्नको लागि राजनीतिक शक्ति, संघर्षं गर्नुपर्छ भन्ने छ । चौथो कुरा, नेपालीहरुलाई विदेशमा गएर मरुभूमिमा रगत पसिना बगाएर काम गर्नुपर्ने स्थिति होइन, नेपालभित्रै रोजगारी दिलाउनुपर्छ । रोजगारी दिलाउन सकिन्छ भन्ने कुरामा हामी दृढ छौँ । यी चार ओटा एजेण्डाहरु लिएर हामी अगाडि बढेका छौँ ।

पशुपति शमशेर ज.ब.रा. ले भन्नुभएको छ, गणतन्त्र, संघीयताको विकल्प छैन । राजसंस्था पार्टीको एजेण्डा होइन भनेर । अनि कसरी कुरा मिल्छ त ?

उहाँको पनि त्यही प्रतिबद्धता हो । पार्टीहरुको बीचमा जुन किसिमको समझदारी छ, जसमा हामीले सही गरेका छौँ, त्यसमा राजासहितको प्रजातन्त्र भनेर स्पष्ट गरिएको छ ।

भ्रष्ट्राचार बढेको छ । अख्तियारले छानविन गरेको छ भनेर तपाईह्रु विश्वास गर्नुहुन्न ?

अख्तियारका मान्छेहरु असल नै हुनुहोला । तर अहिले अख्तियार त निरीह भएर बसेको छ । निरीक्षण गरिस् कि तलाई महाअभियोग लगाइदिन्छुृ भनेर एउटा अख्तियार लिएर बसेका मान्छेहरुले काम नै गर्न नसक्ने भए । जो बेइमानीहरुलाई पक्रने भनेर बसेका हुन् नि, तिनीहरु नै आफै निस्क्रिय कि त बेइमान हुन थाले ।

हामी कहाँ चुक्यौँ, नेतृत्व कता चुक्यो ? अब देश कता जाला ?

भ्रष्ट्राचारमा नियन्त्रण नभएर यही तरिकाले जाने र यो जे गरिरहेका छौँ, यही ठिक छ, कोरोना पनि नियन्त्रण गरेका छौँ, सबै कुरा नियन्त्रण गरेका छौँ, आर्थिक विकास भएको छ भन्ने यो सपनामा बसेर जाने भनेदेखि भएका संस्थागत संरचनाले हाम्रा आवश्यकता, पीडा, दुःखलाई यिनीहरुले ध्यान दिएनन् । त्यसकारणले त्यसको विरुद्धमा सडकमा आउनुपर्छ भन्ने स्थितिमा आउँछ । कुन समयमा कसरी आउने हो, त्यो भन्न सकिँदैन तर आउन चाहि आउँछ । हुनुपर्ने के भन्दाखेरि जो प्रतिपक्षह्रु छन्, उनीहरुले पनि आवाज त उठाउनुपर्ने हो । हामीले उठाएका छौँ । हामी एक भएर आइसकेपछि हामी सडकमा आउँछौँ । हामी आवाज उठाउँछौँ । यो कुरालाई हाम छोड्नेवाला छैनौँ । तर प्रमुख प्रतिपक्ष जो हुनुभएको छ, उहाँह्रु पनि आफ्नै आन्तरिक कलहमा लाग्नुभएको छ । उहाँहरु पनि यति भद्रभलादमी हुनुहुन्छ कि उहाँहरु पनि यसमा चुप लागेर बस्नुभएको छ ।

त्यसोभए तपाईहरु सडकमा आउनुहुन्छ अब ?

सडकमा आउँछौँ हामी तर अहिले कोरोनाको स्थिति छ । समय अनुकुल भएर पार्टी दर्ता हुने बित्तिकै यो प्रक्रियामा हामी चुप लागेर बस्दैनौँ । यो देशको लुट राणाशासनलाई पनि बिर्साउने खालको, अहिले त विकास गर्छु भन्ने देशलाई माथि लैजान्छु भन्ने तर काम गर्दा भ्रष्टहरुलाई मात्र प्रोत्साहन गर्ने, भ्रष्टचारी प्रक्रियालाई प्रोत्साहन गर्ने र भ्रष्टचार नियन्त्रण गर्न सक्ने संस्थालाई निरीह गराएर राख्ने जुन संस्कार चलेको छ, यो पाखण्डीपन, नमसामन्तवाद हो । यसको विरुद्धमा जनता उठ्छन् ।

नेपाल–भारत सम्बन्ध प्रगाढ हुन सकेन । वर्तमान सरकारले नेपाल–भारत सम्बन्धमा आइसब्रेक गर्न सक्छ ?

मैले त देखिरहेको छैन । भारतको पनि नेपालप्रति पहिला जुन किसिमको व्यवहार भयो । नेपाललाई अघोषित नाकाबन्दीका कदमहरु भए । नेपाल सरकारले पनि आफ्नो बोलीवचनमा जुन किसिमको मित्रराष्ट्रहरुप्रति व्यवहारहरु गरेको छ, त्यसले गर्दा पनि वातावरण बिग्रेको छ । अयोध्यापुरीमा राम जन्मेको भनेर प्रधानमन्त्रीले भन्ने कुरा होइन नि । यदि त्यस्ता कुनै प्रमाण छन् भनेदेखि यहाँका विद्वानहरु, भारतका विद्वान्हरु छन्, पुरातात्विक प्रमाणहरु जुटाएर इतिहास खोजेर त्यसको बारेमा छलफल गर्नु, त्यो आफ्नो ठाउँमा छ होला । तर एउटा देशको प्रधानमन्त्रीले यो फलानो मेरो भनेर जुन किसिमले भन्न खोजिएको छ, यसले दुई देशबीचको सम्बन्धलाई राम्रो गर्छ भन्ने दृष्टिकोण देखिँदै देखिँदैन । यसो गरेदेखि नेपालभित्र मेरो इज्जत बढ्छ कि भन्ने भावना लिएर आफ्नो असफलतालाई लुकाउनको लागि जनताको ध्यान अरूतिर मोड्ने जुन प्रयास अहिलेको सरकारबाट भएको छ, त्यो दुभाग्र्यपूर्ण हो । नेपालको परिवेशमा अब परराष्ट्रमन्त्रालय र परराष्ट्रमन्त्रीको काम पनि छैन । प्रधानमन्त्री के के बोल्नुहुन्छ, त्यही नै हो, परराष्ट्र नीति । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार