मेष
संस्कारित कार्य तथा भोज भतेरमा सहभागि हुनुपर्ने छ । पेशागत जीवनमा भने अनेकौँ द्वन्दात्मक अवस्था आउने छ । बोलीको प्रभाव कम हुने भएकाले संयमित रहँदा नै फाइदा हुने छ । आर्थिक दबाब पर्ने छ । मनमा निराशा र वैचैनी विद्यमान रहने छ । दाम्पत्य जीवनमा एक अर्कालाई साथ दिने मनसाय रहने छ । यौन जीवनमा संयमित रहने प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।
वृष
बलियो इच्छाशक्ति भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा क्रमशः सकारात्मकता देखा पर्न जाने छ । आर्थिक चक्र भने असन्तुलित रहने भएकाले ऋण लिनु पर्ने अवस्था निम्तिन सक्छ । कठिन क्षणहरुमा पनि धैर्य भएर निरन्तर अघि बढ्न आँट प्राप्त हुने छ । समाजले जत्ति गरे पनि राम्रो मुल्यांकन गर्ने छैन् । शेयर बजार औसत रहने छ ।
मिथुन
बौद्धिकतामा कमि आउने छ । व्यापार व्यवसायमा रहेकाहरुलाई भने नाफा बढ्ने छ । सामाजिक कामहरुमा सहभागि हुन मन लाग्ने छैन् । कुलततर्फ मन जाने भएका हुनाले यसलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । कार्य सफलतामा कमि आउँदा नैराश्यताले पेल्ने छ । जीवनसाथिको साथले ठुलो राहत प्रदान गर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।
कर्कट
बादबिबादसँग झेल्नु पर्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । आर्थिक रुपमा व्यवस्थापन गर्न धौधौ हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण सृजना हुँदा अशान्तिको वातावरण उत्पन्न हुने छ । मानकि रुपमा दुविधा र अन्योलले घेर्ने छ । बोलीमा रुखोपना देखिने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।
सिंह
नयाँ खाले काममा हात हाल्ने मय छ । खासगरी सृजनशिल कर्महरुमा अघि बढ्न मन लाग्ने छ । पेशागत जीवनमा आफुले सोचे जस्तो गरी परिस्थिति अनुकुल बन्ने छ । थप महत्वपूर्ण जिम्मेबारी वहन गर्न पाइने छ । समाजले कदर गर्ने छ भने मानसम्मान प्राप्त हुने समय छ । भोज भतेरमा सहभागि हुन पाइने छ । चिसोले भने सताउला । शेयर बजारबाट फाइदा मिल्ने छ ।
कन्या
रसिक खालको स्वाभावले गर्दा पार्टीहरुमा जम्ने तथा साथिभाइसँगको रंग रमाईलोमा रम्ने स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । बोली प्रभावका कारण अरुको विश्वास जित्न सकिने छ । बौद्धिकतामा भने कमि आउने छ । तत्काल नतिजा खोज्ने स्वाभाव रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।
तुला
आर्थिक असन्तुलन आउने छ । कमजोर मनोबल हुने भएकाले सहकर्मीहरुले पनि हेप्ने छन् । पेशागत जीवनमा तनावपूर्ण अवस्था रहने चुनौति रहेकाले विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा बुझाईको अन्तर हुने छ । परिवारक सदस्यहरुबीच किचकिचको अवस्था रहँदा सामाजिक छवि धुमिल हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छैन् ।
वृश्चिक
अचानक खर्चहरु बढ्ने छ । आम्दानी र खर्चका बीचमा आउने खाडलले आर्थिक सन्तुलन मिलाउन दबाब रहने छ । पेशागत जीवनमा झैझगडाको अवस्था वा बैमनश्यता हुने हुँदा विचार गरेर मात्र कदमहरु चाल्नु उपयुक्त हुने छ । दरिलो र आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । रिस कडा हुने छ । शेयर क्षेत्र आँशिक अनुकुल हुने छ ।
धनु
कार्यसफलता मिल्ने छ । यसले गर्दा मन उत्साही रहने छ । तर यसले अलिकति अव्यावहारिक आनिबानी रहने छ । पेशागत जीवन सन्तुलित अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा हुने कलाले सबैको चित्त बुझाउन सक्ने व्यक्तित्व हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । नशालु पदार्थबाट टाढै बस्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा भने बुझाईको कमि रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।
मकर
मनमा दृढता बढ्ने छ । पेशागत जीवनमा केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने छ । मित्रहरुको साथले गर्दा कार्यसफलतामा सकारात्मक प्रभाव थपिने छ । आम्दानी धेरै नबढे पनि घट्ने पनि छैन् । शारीरिक स्वास्थ्य कमजोर हुने हुँदा दबाब महशुस हुने छ । अस्पतालजन्य खर्च बढ्ने छ । शेयर क्षेत्रबाट फाइदा प्राप्त हुने छ ।
कुम्भ
अरुको विश्वास प्राप्त हुने छ । जसले गर्दा गर्न खोजेका काममा अरुको साथले गर्दा कार्यसफलता मिल्ने छ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष पनि असन्तुलित रहने छ । खर्चको मात्रा भने निरन्तर बढि रहने छ । मनोबल उच्च रहनाले दृढता कायम रहने छ । पारीवारिक वातावरण भने अशान्तिले घेरिएको हुने छ । शेयर क्षेत्र औसत प्रकृतिबो बन्ने छ ।
मीन
बोलीमा रुखोपना र खडापना देखिने छ । मनमा अधैर्यताको अवस्था आउने छ । पेशागत जीवनमा अपेक्षाकृति कार्यप्रदर्शन हुन सक्ने छैन् । ब्यापार बिजनेशबाट आँशिक लाभ प्राप्त हुने छ । आर्थिक अवस्था धेरै बिग्रने छैन् । परिवारमा झैझगडायुक्त तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य कमजोर रहने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया