माघ ९, २०८२ शुक्रबार January 23, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई आज पेशागत जीवनमा केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष
संस्कारित कार्य तथा भोज भतेरमा सहभागि हुनुपर्ने छ । पेशागत जीवनमा भने अनेकौँ द्वन्दात्मक अवस्था आउने छ । बोलीको प्रभाव कम हुने भएकाले संयमित रहँदा नै फाइदा हुने छ । आर्थिक दबाब पर्ने छ । मनमा निराशा र वैचैनी विद्यमान रहने छ । दाम्पत्य जीवनमा एक अर्कालाई साथ दिने मनसाय रहने छ । यौन जीवनमा संयमित रहने प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

वृष
बलियो इच्छाशक्ति भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा क्रमशः सकारात्मकता देखा पर्न जाने छ । आर्थिक चक्र भने असन्तुलित रहने भएकाले ऋण लिनु पर्ने अवस्था निम्तिन सक्छ । कठिन क्षणहरुमा पनि धैर्य भएर निरन्तर अघि बढ्न आँट प्राप्त हुने छ । समाजले जत्ति गरे पनि राम्रो मुल्यांकन गर्ने छैन् । शेयर बजार औसत रहने छ ।

मिथुन
बौद्धिकतामा कमि आउने छ । व्यापार व्यवसायमा रहेकाहरुलाई भने नाफा बढ्ने छ । सामाजिक कामहरुमा सहभागि हुन मन लाग्ने छैन् । कुलततर्फ मन जाने भएका हुनाले यसलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । कार्य सफलतामा कमि आउँदा नैराश्यताले पेल्ने छ । जीवनसाथिको साथले ठुलो राहत प्रदान गर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

कर्कट
बादबिबादसँग झेल्नु पर्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । आर्थिक रुपमा व्यवस्थापन गर्न धौधौ हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण सृजना हुँदा अशान्तिको वातावरण उत्पन्न हुने छ । मानकि रुपमा दुविधा र अन्योलले घेर्ने छ । बोलीमा रुखोपना देखिने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।

सिंह
नयाँ खाले काममा हात हाल्ने मय छ । खासगरी सृजनशिल कर्महरुमा अघि बढ्न मन लाग्ने छ । पेशागत जीवनमा आफुले सोचे जस्तो गरी परिस्थिति अनुकुल बन्ने छ । थप महत्वपूर्ण जिम्मेबारी वहन गर्न पाइने छ । समाजले कदर गर्ने छ भने मानसम्मान प्राप्त हुने समय छ । भोज भतेरमा सहभागि हुन पाइने छ । चिसोले भने सताउला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
रसिक खालको स्वाभावले गर्दा पार्टीहरुमा जम्ने तथा साथिभाइसँगको रंग रमाईलोमा रम्ने स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । बोली प्रभावका कारण अरुको विश्वास जित्न सकिने छ । बौद्धिकतामा भने कमि आउने छ । तत्काल नतिजा खोज्ने स्वाभाव रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

तुला
आर्थिक असन्तुलन आउने छ । कमजोर मनोबल हुने भएकाले सहकर्मीहरुले पनि हेप्ने छन् । पेशागत जीवनमा तनावपूर्ण अवस्था रहने चुनौति रहेकाले विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा बुझाईको अन्तर हुने छ । परिवारक सदस्यहरुबीच किचकिचको अवस्था रहँदा सामाजिक छवि धुमिल हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छैन् ।

वृश्चिक
अचानक खर्चहरु बढ्ने छ । आम्दानी र खर्चका बीचमा आउने खाडलले आर्थिक सन्तुलन मिलाउन दबाब रहने छ । पेशागत जीवनमा झैझगडाको अवस्था वा बैमनश्यता हुने हुँदा विचार गरेर मात्र कदमहरु चाल्नु उपयुक्त हुने छ । दरिलो र आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । रिस कडा हुने छ । शेयर क्षेत्र आँशिक अनुकुल हुने छ ।

धनु
कार्यसफलता मिल्ने छ । यसले गर्दा मन उत्साही रहने छ । तर यसले अलिकति अव्यावहारिक आनिबानी रहने छ । पेशागत जीवन सन्तुलित अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा हुने कलाले सबैको चित्त बुझाउन सक्ने व्यक्तित्व हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । नशालु पदार्थबाट टाढै बस्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा भने बुझाईको कमि रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

मकर
मनमा दृढता बढ्ने छ । पेशागत जीवनमा केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने छ । मित्रहरुको साथले गर्दा कार्यसफलतामा सकारात्मक प्रभाव थपिने छ । आम्दानी धेरै नबढे पनि घट्ने पनि छैन् । शारीरिक स्वास्थ्य कमजोर हुने हुँदा दबाब महशुस हुने छ । अस्पतालजन्य खर्च बढ्ने छ । शेयर क्षेत्रबाट फाइदा प्राप्त हुने छ ।

कुम्भ
अरुको विश्वास प्राप्त हुने छ । जसले गर्दा गर्न खोजेका काममा अरुको साथले गर्दा कार्यसफलता मिल्ने छ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष पनि असन्तुलित रहने छ । खर्चको मात्रा भने निरन्तर बढि रहने छ । मनोबल उच्च रहनाले दृढता कायम रहने छ । पारीवारिक वातावरण भने अशान्तिले घेरिएको हुने छ । शेयर क्षेत्र औसत प्रकृतिबो बन्ने छ ।

मीन
बोलीमा रुखोपना र खडापना देखिने छ । मनमा अधैर्यताको अवस्था आउने छ । पेशागत जीवनमा अपेक्षाकृति कार्यप्रदर्शन हुन सक्ने छैन् । ब्यापार बिजनेशबाट आँशिक लाभ प्राप्त हुने छ । आर्थिक अवस्था धेरै बिग्रने छैन् । परिवारमा झैझगडायुक्त तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य कमजोर रहने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
२०८२ माघ ९, शुक्रबार
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
२०८२ माघ ८, बिहिबार