असार २१, २०८२ शनिबार July 5, 2025

परोपकार प्रसूति अस्पतालमा सेवा विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा विस्तार गरेको छ । अब अस्पतालमा सिमुलेसन ल्याब स्थापना तथा बर्थिङ सेन्टर थप भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै सेवाको उद्घाटन गर्नुभयो । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले वन हार्ट वल्र्डवाइडको सहकार्यमा सिमुलेसन ल्याब स्थापना गरिएको हो ।

यस्तै निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा थापाथलीस्थित भवनमा बर्थिङ सेन्टरको क्षमता वृद्धि गरिएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन दक्ष जनशक्ति उत्पादनमा ल्याबले महìवपूर्ण योगदान दिने बताउनुभयो । उहाँले ल्याबबाट मातृशिशुको सुरक्षामा महìवपूर्ण सुरुवात गरेको बताउनुभयो । अस्पतालले प्रतिष्ठान सरह मातृशिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकासको कार्य अघि बढाइने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले विसं २०१६ भदौ १० गते ४० श-याबाट स्थापना भएको यो अस्पताल ४१५ श-याको स्वीकृत भए तापनि बिरामीहरूको सहज स्वास्थ्य सेवाका लागि हाल ४८९ श-यामा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले अस्पतालको थापाथलीस्थित केही भवन जीर्ण अवस्थामा रहेको र बिरामीको चाप बढेकाले थापाथलीबाट कुपण्डोलस्थित भवनमा गाइनोकोलोजीसम्बन्धी सेवा स्थानान्तरण गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले नवनिर्मित भवनमा हाल विशिष्टीकृत सेवा अन्तर्गत निःसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको बताउनुभयो । डा. अधिकारीले नयाँ भवनको क्षमताबमोजिम सेवा सञ्चालन नभई आंशिक रूपमा मात्र सेवा सञ्चालन भएकोमा पूर्ण क्षमतामा सञ्चालनका लागि मेडिकल उपकरण, फर्निचर तथा फर्निसिङका सामान, मानवस्रोत व्यवस्थापनका लागि अस्पतालको स्रोतबाट मात्र सम्भव नभएको भन्दै मन्त्रालयसँग अपेक्षा गरेको बताउनुभयो ।

कार्यव्रmममा अस्पताल विकास समितिका अध्यक्ष डा. सरोजा कार्की पाण्डेले गुणस्तरीय सेवा दिन जनशक्ति अपुग भएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले थप सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा विस्तारित बर्थिङ युनिट यसअघि आठ जनाको क्षमता रहेकोमा अब थप चार जनालाई प्रजनन गराउन सक्ने भएको छ । निक साइमन्सको सहकार्यमा दुई मिडवाइफ अधिकृत थपिएपछि अब सेन्टरको क्षमता १२ पुगेको निर्देशक डा. अधिकारीले जानकारी दिनुभयो ।

बाह्र वटा अस्पतालको सेवा विस्तार

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत देशका १२ वटा सङ्घीय अस्पतालले थप सेवा विस्तार गरेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सङ्घीय सरकारमातहत रहेका कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडायलासिस सेवा सुरु गरेको छ । वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौँ महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टरले सिटी स्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसिभी सुरु गरेको छ । तनहुँको दुलेगाँैंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडायलासिस सेवा सुरु गरेको छ भने भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफटी सेवा आरम्भ गरेको छ ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालले निःसन्तान उपचार सेवा आइभिएफ सुरु गरेको छ । डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमुना लिने गरी एकीकृत ल्याब नमुना सङ्कलन सुरु गरेको छ । वीरगन्जको नारायणी अस्पतालले एनआइसियुमा विद्युतीय चिकित्सा प्रतिवेदन इएमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोन्सकोपी र व्रिmयोथेरापी सेवा एकैसाथ सुरु गरेको छ ।

डा. बुढाथोकीका अनुसार भेरी अस्पताल नेपालगन्जले चैत महिनाभित्र आइसियुमा दुई शøया तथा बर्न वार्डमा दुईसमेत थप गरी आठ श-या विस्तार गरेको छ । चैतभित्रै एमसिएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु गर्न सकेका छैनन् ।

प्रवक्ता बुढाथोकीले ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको बताउनुभयो । यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि सङ्घीय अस्पताललाई निर्देशन दिनुभएको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर खेल्दै
२०८२ असार २१, शनिबार
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २१, शनिबार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार
सरकारी मुद्दामा अनिवार्य वकिल प्रतिनिधित्वको तयारीमा महान्यायाधिवक्ताको कार्यालय
२०८२ असार २०, शुक्रबार