कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनुपर्छ’

कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजु नै आउन नदिन र आएको भए फर्छ्यौटतर्फ ध्यान दिन आग्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौट सम्बन्धीको कार्यशालामा उहाँले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजु नै आउन नदिन र आएको भए फर्छ्यौटतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री दाहालले नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको छ , त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्छ । ”

मन्त्री दाहालले सुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिनुभयो । कर्मचारीको कार्यसम्पादनबाटै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उहाँको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताउनुभयो । सडक आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्नसमेत कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल तथा सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजु व्यवस्थापन, सडक तथा पुल निर्माण एवं मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार