असार २३, २०८२ सोमबार July 7, 2025

ट्रम्पको घोषणाले हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानका काम प्रभावित

अमेरिकी सरकारले सो विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा समेत रोक लगाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अमेरिकी शिक्षा मन्त्रालयले हार्वर्ड विश्वविद्यालयलाई दिने भनिएको २ अर्ब ६० करोड अमेरिकी डलर बराबरको अनुदान र ६ करोड डलर बराबरको अन्य सहयोग रोक्का गरेको छ ।

यसैगरी, अमेरिकी सरकारले सो विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा समेत रोक लगाउन सक्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयमा विद्यार्थी भर्नादेखि कर्मचारीको नियुक्ति सम्बन्धी प्रावधानमा परिमार्जन गर्नुपर्ने माग ट्रम्प प्रशासनले गर्दै आएको छ । साथै विविधता, समानता र समावेशीकरण सम्बन्धी कार्यक्रमहरुलाई हटाउन, मास्कमाथि प्रतिबन्ध लगाउन र योग्यतामा आधारित प्रणालीलाई अंगाल्नकालागि प्रशासनले दबाव दिंदै आएको छ ।

साथै इजरेल हमास युद्धमा हमासको पक्षमा निस्किने विरोध प्रदर्शनलाई समेत विश्वविद्यालय प्रशासनले नियन्त्रण गर्न नसकेको आरोप अमेरिकी सरकारले लगाउँदै आएको छ ।

हार्वर्ड विश्वविद्यालयले भने संघीय सरकारको अनुदान रोकिँदा अनुसन्धानका कामहरु प्रभावित हुनुका साथै छात्रवृत्ति दिने प्रक्रियामा समेत समस्या आउने जनाएको छ ।

हार्वर्ड विश्वविद्यालयमा पढ्ने विद्यार्थीमध्ये २७ प्रतिशत विद्यार्थी विदेशी मुलका रहेका छन् ।

यसअघि सरकारले कोलम्बिया विश्वविद्यालयका लागि दिने भनिएको रकम समेत रोकेको थियो ।

यसैगरी, विभिन्न ८० वटा विश्वविद्यालयका करिब ६ सय जना विदेशी विद्यार्थी र प्राध्यापकहरुको भिषासमेत रद्द गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार