कार्तिक २९, २०८३ आइतबार November 15, 2026

संस्कृति संरक्षणमा कुमाल समुदाय

कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्ने कार्यक्रमको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ५ वैशाख : जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् ।

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको कुमाल समाज नेपालका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताउनुभयो ।

संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उहाँको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरणको तयारी गरिएको छ । कुमालले भन्नुभयो, “मौलिक संस्कृति जोगाउनुपर्छ भनेर अहिलेका पुस्तालाई यसका बारेमा जानकारी दिने मुख्य उद्देश्य हो ।”

कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन । उहाँले भन्नुभयो, “यो नाचका विभिन्न चरण हुने गर्दछ । यो गीतको मिठास महसुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ ।”

रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएता पनि भाव एउटै हुन्छ ।

घिरिङ गाउँपालिकामा दसैँतिहारका अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । कुमाल समुदायको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा आफ्नो परिवार पाल्नका लागि विभिन्न कालखण्डमा खेतीपातीलगायत जागिर, वैदेशिक रोजगारी आदिको सिलसिलामा जीविकोपार्जन गरिरहेको समुदायले खासगरी आफ्नो मौलिक संस्कृतिमा खासै ध्यान दिएको पाइँदैन ।

कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न कार्यक्रमको तयारी गरिएको कुमालको भनाइ छ । उहाँले भन्नुभयो, “संस्कृति संरक्षणका लागि यो कदमले तनहुँमा बसोबास गर्ने कुमाल समुदायको आफ्नो मौलिक संस्कृति पक्कै पनि संरक्षण हुने विश्वास लिइएको छ ।”

कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्न समुदायको बीचमा कार्यक्रम गर्दा उपयुक्त हुने भएकाले कुमाल गाउँमा नै कार्यक्रम तय गरिएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार