श्रावण १, २०८२ बिहिबार July 17, 2025

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ

चिल्लर पार्टी, दंगल, छिछोरे जस्ता चलचित्र बनाएका नितेश तिवारी अहिले पौराणिक चलचित्र रामायणमा केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ६ बैशाख । बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो ।

नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ ।

चिल्लर पार्टी, दंगल, छिछोरे जस्ता चलचित्र बनाएका नितेश तिवारी अहिले पौराणिक चलचित्र रामायणमा केन्द्रित भएका छन् । भगवान रामको भूमिकामा रणवीर कपुर र आमा सीताको भूमिकामा साई पल्लवी छन । जो सन् २०२४ देखि नै फिल्मको सुटिङमा व्यस्त रहेका छन् । अहिले पहिलो भागको छायांकन लगभग सकिएको छ भने अब दोस्रो भागको पनि तयारी सुरु भएको छ ।

मिड–डेका अनुसार रणवीर कपुर, साई पल्लवी र अन्य कलाकारहरु यसै वर्षको मे महिनामा रामायण पार्टः २ को छायांकन सुरु गर्दैछन् । यो बिचमा भने अहिले रणवीर आफ्नो सञ्जय लिला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त रहेका छन् । जसमा उनको चरित्र बिल्कुलै फरक छ ।

तर, यसपछि उनले रामायण भागः२ को तयारी पनि गर्नुपर्ने पनि छ, जसको लागि उनले छिट्टै लुक टेस्ट गर्न लागेका छन् कि उनी आफ्नो चरित्रमा फिट छन् कि छैनन् भनेर हेर्नु पर्ने हुन्छ ।

रामायणको पहिलो भागमा भगवान राम र माता सीताको प्रारम्भिक जीवनको बारेमा देखाइने छ भने दोस्रो भागमा सीताको वनवास र अपहरणको वरिपरि घुम्ने जनाइएको छ । सीताको भूमिका निभाएकी साई पल्लवी यतिबेला आफ्नो सबैभन्दा ठूलो दृश्यको तयारीमा छिन् । युनिटले लंकाको हरियाली बगैंचा अशोक वाटिका, जहाँ सीतालाई कैद गरिएको थियो, मा महत्वपूर्ण दृश्यको तयारी थालेको छ । यो अवस्थाका लागि दुईवटा गीत पनि तयार भइसकेको छ ।

रामायणको सेट मुम्बईमा मात्र बनाइएको छ । मनसुन अगावै दृश्य पूरा गर्ने प्रयास भइरहेको छ । निर्देशकले अक्टोबर २ सम्ममा यो पार्ट पूरा गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार