असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्र बैंकको १४ बुँदे कडा निर्देशन, कर्मचारीको परीक्षण उपचार खर्च बैंकले नै बेहोर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

कोभिड–१९ जोखिम दिनानुदिन बढ्दै गएको हुँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत कार्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा सूचारु गर्न सो निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थितरुपमा घर, अस्पताल वा हशोटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ केन्द्रीय बैंकद्वारा जारी सो परिपत्रमा भनिएको छ ।

आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको छ ।

बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ । घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गरी हाजिरी गराउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

कार्यालयबाटै सेवा दिने कर्मचारी र सेवाग्राहीको न्यूनतम स्वास्थ्य सुरक्षा उपया बैंकले अपनाउनु पर्ने र सोमा आवश्यक सामग्रीहरु बैंकले अनिवार्यरुपमा राख्न राष्ट्र बैंकको निर्देशन छ । जारी निर्देशनमा उल्लेख गरिएका व्यवस्थाहरु बैंक तथा वित्तीय संस्थाले साउन ३० गतेभित्रै पालना गरी सोको रिपोर्टिङ राष्ट्र बैंकमा गर्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार