बैसाख २२, २०८३ मंगलबार May 5, 2026

केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव सोझै रिजेक्ट हुन्छ : ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईको पार्टीका अध्यक्षद्धय ओली र दाहालबीच सहमति हुने कत्तिको सम्भावना छ ? हिजो भेटवार्ता भयो के के कुरा भयो ?

हिजो पुरै सहमति भएको छैन दुई अध्यक्षको बीचमा ।

हिजो के के भयो, ठ्याक्कै भनिदिनुस् । विवादका समाधानका मोडलहरू त तयार भए होलान् नि ?

एकोहोरो सुन्ने कुरामात्र भयो, प्रचण्डजीले । विभिन्न खालका कुराहरू उताबाट प्रधानमन्त्रीबाट आएका छन् । तर कुनैपनि त्यसबारे प्रतिक्रिया उहाँले दिनुभएन । अब स्थायी कमिटिको जुन बैठक चालू छ, यो अन्त्य भएको छैन । त्यो बैठकलाई चालू राख्नुपर्छ । त्यो बैठकमा सबै कुरा राख्नुपर्छ, निर्णय निकाल्नुपर्छ भन्ने कुरा उहाँले बताउनुभयो । बैठक नै बस्न पर्दैन त भन्ने भएन तर कहिले बैठक बस्ने भन्ने कुरा टुंगो लागेको छैन ।

हाम्रो अघिल्लो स्थायी कमिटिको बैठकले अर्को बैठक बस्ने मिति एउटा अध्यक्षले सल्लाह गरेर मिति तय गर्ने जिम्मा कमरेड प्रचण्डलाई दिइएको हो । अहिले स्थायी कमिटिको बैठक कहिले बस्ने भन्ने बारेमा सबैभन्दा पहिले टुंगो लगाउनुपर्ने आवश्यकता छ । स्थायी कमिटिको बैठकले विभिन्न एजेण्डाहरू तय गरेको छ । त्यसमा महत्वपूर्ण एजेण्डा कोरोनाको समस्याको सही समाधान ठीक समयमा कसरी गर्ने भन्ने बारेमा छलफल, समीक्षा गर्नुपर्ने छ ।

स्थायी समितिको बैठक बोलाउनको लागि प्रधानमन्त्री तयार हुनुहुन्न अरे ?

स्थायी कमिटिको बैठक त बस्ने निश्चित नै छ । त्यो बैठक जारी छ । सचिवालयको बैठक त उहाँहरू सल्लाह गरेर बस्ने हो । स्थायी कमिटिको बैठकबाट सबै निर्णय गर्नुपर्छ । स्थायी कमिटिको बैठकले एजेण्डा तय गरेको छ । कमरेड के.पी. ओलीसहित उपस्थित् भएको बैठकले एजेण्डा तय गरेको हो । त्यसमा सरकार, पार्टीको काम, कोरोनाको समीक्षा छ । नक्साको बारेमा बैठकले सरकारलाई धन्यवाद दियो । कालापानीबाट सेना फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्नुपर्छ ।

चैतमा पनि महाधिवेशन हुन नसक्ने अनि अर्को मंसिरमा महाधिवेशन गराएर जाने अहिले केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समिति बनाउने, र प्रचण्डलाई संयोजकको जिम्मेवारी दिने भन्ने सहमति बालुवाटारमा भयो अरे नि ?

सहमति भएको छैन, पहिलो कुरा । त्यो सहमति हुँदैन । शतप्रतिशत हुँदैन । कुनै पनि हालतमा लागू हुँदैन त्यस्ता कुरा । कस–कसले ल्याउनुहुन्छ, त्यो कुरा, स्थायी कमिटि, केन्द्रिय कमिटिमा ल्याउनुस् त, आँट गर्न सक्नुहुन्छ ? सोझै रिजेक्ट हुन्छ, सोझै । कसले समर्थन गर्दैछ, त्यो पनि हेरौँ न हामीले । आयोजक कमिटि बनाउने भनेको यो केन्द्रिय कमिटि भंग गर्ने हो ।

केन्द्रिय कमिटि भंग गर्ने हिम्मत कसको छ ? केन्द्रिय कमिटि भंग नै गर्ने हो भने केन्द्रिय कमिटिको बैठक बस्नुपर्छ फेरि । केन्द्रिय कमिटिको बैठक नबसिकन केन्द्रिय कमिटि भंग हुन्छ ? केन्द्रिय कमिटि भंग गर्नुको अर्थ हो पार्टी विघटन गर्ने । केन्द्रिय कमिटि भंग हुँदैन । आयोजक कमिटि बन्दैन । केन्द्रिय कमिटि आयोजक कमिटि हो, विधानमा लेखेको छ । के गर्न खोज्नुभएको छ, उहाँले ? कसले भनेको हो, भन्ने नाम पनि आउनुपर्यो ?

प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रस्ताव हो त्यो । तपाईहरु मान्नुहुन्न ? 

बैठक, कमिटिमा आउनुप¥यो । त्यहाँ तर्क राख्नुप¥यो । यो आयोजक कमिटि सम्भव नै छैन । यो केन्द्रिय कमिटि विघटन हुँदैन । यो केन्द्रिय कमिटि सर्वोच्च निकाय हो । केन्द्रिय कमिटि नबसेको अवस्थामा स्थायी कमिटि जारी छ । अहिले कोरोनाको समस्या छ, हामीलाई थाहा छ, यो कुरा । २ महिना हामी घरमा ढोका बन्द गरेर बसेको होइन, हामी सम्पूर्ण नेपाली जनता ? जु्नबेला कोरोनाको समस्या खास थिएन, देशभरि बन्द गरियो, सारा लकडाउन भयो देश ।

अहिले कोरोना नै कोरोना छ, सयौँ मानिसको संक्रमण बढिरहेको छ, जुनबेला खतरा बढिरहेको छ, हामी खुला गर्छौँ, जुनबेला भर्खर सुरु भएको थियो, पूरा देश बन्द गर्छौँ । हामी जान कसरी खोजिरहेका छौँ ? त्यसको समीक्षा गर्नुपर्दैन ? अहिले कोरोनाको महामारी फैलिरहेको छ, भेन्टिलेटर, औषधी पाएको छैन, यस्तो भयावह स्थिति आएको छ । ठोस योजना बनाउनु छैन । अरबौँ अरब खर्च भईसक्यो, भेन्टिलेटर छैन । यस्ता तमाम विषयहरू छन्, जो समीक्षा गर्नुपर्नेछ बैठकमा । तर बैठकमा नबस्ने, गर्न खोजेको के ? महाधिवेशन गर्न नखोजेको हो यो ।

बैठकको आवश्यकता आजको समस्याको समाधान हो भन्ने तपाईको भनाई हो ? बैठकको विकल्प छैन ?

स्थायी कमिटिको बैठक नै समस्याको समाधानको उपाय हो । त्यहाँ एजेण्डाहरू रहेका छन् । त्यही एजेण्डामाथि छलफल हुनुपर्छ । त्यसपछि के गर्ने, के नगर्ने भन्ने कुरा बैठकले टुंगो लगाउँछ । त्यहाँ हामीले आफ्नो कुरा राख्छौँ । बैठकले जे निर्णय गर्छ, त्यसलाई सर्वोपरि ठानेर सबै नेताहरूले त्यो निर्णयलाई शिरोधार्य गरेर अगाडि बढ्नुपर्छ । पक्कै पनि स्थायी कमिटिले विवेक, ध्यान पुर्याएर निर्णय गर्नेछ । आवेग र उत्तेजनामा निर्णय गर्दैन, स्थायी कमिटिले, यो कुरा बुझ्नुपर्छ ।

सबै स्थायी कमिटिका सदस्यहरू मुलुक र जनताप्रति जिम्मेवार, उत्तरदायी, लडेर खुनपसिना बगाएर आएका मान्छेहरू छन् । अहिले पार्टी र मुलुकप्रति सबैभन्दा ठुलो चिन्ता छ । नेताहरूले त्यो कुरालाई ध्यानमा राखेर विधि, विधान अनुसार चल्नुप¥यो । साँच्चै अर्थमा यदि हामी लोकतन्त्रवादी हौं भने विधिमा सबै नेताहरूले चल्ने परिपाटीलाई माथिबाट सबैभन्दा पहिले स्थापित गर्नुपर्यो । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार