काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।
राजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ। गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।
भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ।
एकिन्द्र शाराशंकरको निर्देशन रहेकाे भिडियोमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया