कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै

युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर–नेपाल)ले संस्कृति तथा सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सङ्घले नेशनल कलेजसँगको सहकार्यमा धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अघि बढाउने उद्देश्यसहित पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलन यही वैशाख ११ र १२ गते नेशनल कलेज, धुम्बाराहीमा हुनेछ । सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको नेपाल धर्म संस्कृति अध्ययन सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले जानकारी दिए ।

सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पुर्‍याउने प्राडा खतिवडाले जानकारी दिए ।

युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने जनाइएको छ । वैशाख १२ गते सम्मेलनका सबै भावमा समूहगत छलफल हुने जनाइएको छ ।

सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनका अनुसन्धानमूलक कार्यपत्रलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा प्रकाशित गरिने सह–आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताए । सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ता रहने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार