हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा आफ्नो विजयी यात्रा जारी राख्दै लिग लिडर लिभरपुल उपाधि नजिक पुगेको छ ।
अब उसलाई उपाधिको लागि एक जितको मात्र आवश्यक रहेको छ । आइतबार राती भएको खेलमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै लिभरपुलले उपाधि अभियानलाई थप मजबुत बनाएको हो ।
खेलको ७६ औँ मिनेटमा एलेकजेन्डर अर्नेल्डले गोल गर्दै टिमलाई जित दिलाए ।
गएराति नै भएको अन्य खेलमा दोस्रो स्थानको आर्सनलले पनि जित निकाल्दै आफूलाई उपाधि होडमा कायम राखेको छ ।
रेलिगेसन जोनमा रहेको इस्विच टाउनलाई ४-१ ले पराजित गर्दै आर्सनलले पनि उपाधि होड कायम राखेको हो । यो सँगै ३३ चरणको खेलबाट लिभरपुलको ७९ अङ्क पुगेको छ भने समान खेलबाट आर्सनलको ६६ अङ्क छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया