असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : चितवनलाई हराउँदै पोखरा क्वालिफायरमा

अब दोस्रो क्वालिफायरमा अब पोखराले धनगढी एफसीसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स एफसी चितवनलाई हराएर दोस्रो क्वालिफायरमा पुगेको छ ।

आइतबार दशरथ रंगशालामा भएको एलिमिनेटरको खेलमा एफसी चितवनलाई ३-० गोलले हराएर पोखरा फाइनल नजिक पुगेको हो ।

चितवनका अभिषेक लिम्बूले ६३ मिनेटमा गरेको आत्मघाती गोलबाट पोखराले अग्रता लियो ।

जोए एइडोले ७२ मिनेटमा गरेको गोलबाट पोखराले अग्रता दोब्बर पार्‍यो । उनले नै फेरी ७६ मिनेटमा तेस्रो गोल गर्न सफल भए ।

अब दोस्रो क्वालिफायरमा अब पोखराले धनगढी एफसीसँग खेल्नेछ । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

अब पोखरा र धनगढीबीचको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग खेल्नेछ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार