श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपाल टेलिकमको VoWiFi सेवा सुरु, यस्ता छन् सपोर्ट गर्ने मोबाइल र शुल्क विवरण

VoWiFi सेवा: टेलिकमको नयाँ सुविधा कुन फोनमा उपलब्ध छ? हेर्नुहोस् सूची र लागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको वार्षिकोत्सवकोअवसर पारेर गत वर्षको माघ २२ गतेदेखि एनटी भीओवाईफाई वा भोवाईफाई (NT VoWiFi) सेवाको सुरुवात गरेको छ।

यस प्रविधि मार्फत भीओवाईफाई सपोर्ट गर्ने र भोल्टे (VoLTE) सेवा एक्टिभ भएको जुनसुकै मोबाइलबाट देश भित्र तथा देश वाहिरबाट वाईफाई नेटवर्क मार्फत नेपाल टेलिकमकै मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ।

नेपालमा नै पहिलोपटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई भ्वाइस तथा डाटा सेवाको गुणस्तर अभिवृद्धिको अनुभूति हुने किसिमले सुरुवात गरेको यस सेवाका बारेमा जनमानसमा निकै कौतुहलता देखिएको छ। यस बिषयमा बारम्बार सोधिने प्रश्न र तिनका उत्तरः

एनटी भीओवाईफाई भनेको के हो ?

भोवाईफाई (भ्वाइस ओभर वाईफाई-Voice over Wi-Fi) एक नवीनतम् सञ्चार प्रविधि हो, जसमा मोबाइल नेटवर्कको सट्टा वाई-फाई नेटवर्कको प्रयोग गरेर भ्वाइस कल तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ।

मोबाइल नेटवर्क कभरेज कम भएको अवस्थामा पनि भीओवाईफाईको प्रयोग गरेर कम खर्चमा गुणस्तरीय भ्वाइस तथा एसएमएस सेवा उपभोग गर्न सकिन्छ ।

भीओवाईफाई कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा भीओवाईफाई सुविधा उपलब्ध भए/नभएको एकिन गरिसकेपछि सेटिङ्ग्सका लागि आफ्नो मोबाइल सेट अनुसार तलको प्रकृया अपनाउनुहोस्ः

आईफोनको लागि:

Settings > Cellular/Phone Wi-Fi Calling > ON

एन्ड्रोइडको लागिः

Settings > Connections > VoWiFi/Wi- Fi Calling > ON

१. वाई-फाई नेटवर्कसँग कनेक्टेड हुनुहोस् ।
२. भोल्टे (VoLTE) एक्टिभेट भए/नभएको एकिन गर्नुहोस् । नभएको भए स्ट्रीक ४४४ स्ट्रीक २ ह्यास (*444*2#) डायल गरेर एक्टिभेट गर्नुहोस् ।
३. अब तपाईंले एनटी भीओवाईफाई (NT VoWiFi) बाट कल तथा एसएमएस सुविधा लिन सक्नुहुनेछ।

भीओवाईफाई प्रयोग गर्नुका के-के फाइदाहरू छन् ?

एनटी भीओवाईफाई सेवाले प्रयोगकर्ताका लागि एचडी भ्वाइस सुविधा प्रदान गर्दछ। यसबाट स्पष्ट अडियो र भ्वाइस आदानप्रदान गर्न सकिन्छ।

कहिलेकाहीँ मोबाइल नेटवर्क कमजोर हुने स्थानहरूमा भीओवाईफाई राम्रो विकल्प हुन सक्छ। जस्तै, घर वा अफिसका भित्री स्थानहरू, मोबाइल कभरेज नभएका वा कमजोर भएका स्थानहरु

विदेश जाँदा भीओवाईफाईको माध्यमद्वारा नेपाल टेलिकमकै सिमबाट कल गर्न तथा एसएमएस पठाउन एकदमै सुलभ र सहज हुने हुँदा विदेशी सिम लिने झन्झटबाट मुक्त हुनुका साथै खर्चको बचत समेत हुन्छ।

भीओवाईफाई (VoWiFi) कुन-कुन मोबाइल सेटहरूले सपोर्ट गर्छन् ?

सबै मोबाइल सेटहरूले भीओवाईफाई सपोर्ट नगर्न सक्छन्। भीओवाईफाई प्रायः आधुनिक स्मार्टफोनहरूले मात्र सपोर्ट गर्दछन्।

भीओवाईफाई सपोर्ट गर्ने मोबाइल सेटका केही उदाहरणहरू यस प्रकार छन्:

१. एप्पलः आईफोन एक्सआर र त्यसपछिका सबै आईफोन (आईओएस ९ र सोपछिका सबै)
२. एन्ड्रोइड:
• शाओमीका सन् २०२२ पछिका एमआई/ रेडमी स्मार्टफोनहरू
• इन्फिनिक्स/टेक्नोका सन् २०२२ पछिका स्मार्टफोनहरू
• बेन्कोका नयाँ मोडेलका केही स्मार्टफोनहरू यसका साथै सामसङ, वनप्लस, भीभो,ओप्पो, रियलमीलगायतका अन्य स्मार्टफोनहरूमा पनि छिट्टै भीओवाईफाई सेवा उपलब्ध हुनेछ।

एनटी भीओवाईफाईको शुल्क कति पर्दछ ?

हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजहरुको भ्वाइस/ एसएमएस रिसोर्सेज तथा पे एज यू गो (Pay As You Go) बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इन्कमिङ्ग कल निःशुल्क तथा आउटगोइङ्ग कलको रु. ३ प्रतिमिनेट शुल्क लाग्नेछ। टेक्नोलोजीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार