कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘खेलकुदमा सुदूरपश्चिमलाई सफलता मिलिरहेको छ’ – प्रदेश प्रमुख मियाँ

प्रतियोगिताले फुटबलको स्तरीयता मात्र होइन नयाँनयाँ खेलाडीको उत्पादनमा पनि भूमिका खेलिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली, ९ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश खेलकुदका हिसाबले अत्यन्त सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ ।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेले कैलालीको धनगढीमा आज आयोजना गरेको टीम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको समापन कार्यक्रममा उहाँले क्रिकेट, भलिवललगायत विभिन्न खेलकुदमा यहाँ सम्भावना मात्र होइन, सफलता पनि मिलिरहेको बताउनुभयो ।

धनगढीमा आयोजना हुने खप्तड गोल्ड कप, फारवेष्ट कप, पशुपति कपलगायत जिल्लाभित्र र बाहिर आयोजना भइरहेका फुटबल प्रतियोगिताले फुटबलको स्तरीयता मात्र होइन नयाँनयाँ खेलाडीको उत्पादनमा पनि भूमिका खेलिरहेको प्रदेश प्रमुख मियाँले बताउनुभयो ।

“यहाँ आयोजना हुने साना ठूला सबै किसिमका प्रतियोगितामा दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ”, उहाँले भन्नुभयो, “खेलकुदको क्रेजले खेलाडीहरू पनि उत्साहित छन्, तर खेलकुदका संरचनाको अभाव भने केही खड्किएको छ ।” धनगढी क्रिकेटको सहर रहेको बताउँदै उहाँले यहाँ आयोजना हुने सबै किसिमका क्रिकेट प्रतियोगिताले धनगढीको मात्र होइन समग्र सुदूरपश्चिम प्रदेशको क्रिकेटको विकासमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

सुदूरपश्चिमलाई पहिचान गराउने, चिनाउने र वास्तविक सुन्दर पश्चिम बनाउनको लागि खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको प्रदेश प्रमुख मियाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार